काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकाल यसपालि डडेल्धुराबाट चुनाव नलड्ने भएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको कार्यतालिका माघ ६ गते जारी हुने छ।

ढकालले भने, ‘पहिले म डडेल्धुराबाट चुनाव लडेको थिएँ र शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्दा पनि धेरै मत पाएको थिएँ। तर, निर्वाचन आयोगले कांग्रेस सम्बन्धी निर्णय गरेसँगै मेरो मिसन पूरा भएको महसुस गरेँ। अब रूपान्तरण र पुस्तान्तरणलाई अघि बढाउने समय आएको छ।’

advertisement

उनले यसपालि गुल्मी वा रूपन्देहीबाट चुनाव लड्ने सम्भावना रहेको बताए। ‘सम्भवत: गुल्मी–१ बाट चुनाव लड्ने योजना छ, तर रूपन्देहीबारे पनि छलफल जारी छ, टुङ्गो लागेको छैन,’ ढकालले जानकारी दिए।

ढकालले कांग्रेस सभापति शेरबहादुर देउवालाई सम्मान स्वरूप चुनाव नलड्ने निर्णय गरेको उल्लेख गर्दै भने, ‘अब हजुरबुवा विस्तारामा बस्नुपर्ने अवस्था छ। युवाहरूसँग जोश र क्षमता छ भन्ने देखाउन समय आएको छ। पुस्तान्तरणको माग सफल भएको छ।’

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com