काठमाडौं । प्रतिनिधि सभाको आगामी निर्वाचनमा उम्मेदवार चयन गर्न दलहरूलाई समयको चाप बढेसँगै निर्वाचन आयोगले मनोनयनको मिति केही दिन सार्ने संकेत गरेको छ।
दलहरूले औपचारिक तथा अनौपचारिक रूपमा मनोनयन मिति सार्न माग गर्दै आयोगमा दबाव दिएका छन्।
निर्वाचन आयोगले मनोनयन मिति सार्दा २१ फागुनको चुनावको मिति प्रभावित नहुने व्यवस्था गर्ने बताएको छ। यसैबीच, नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहलाई मान्यता दिने आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ। देउवा समूहले आयोगमै गएर मनोनयन मिति सार्न आग्रह गरेको थियो।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार












प्रतिक्रिया