काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका छन्।
आइतबार दिउँसो उनी तामझामसहित वनस्थलीस्थित रास्वपाको कार्यालय घण्टीघर पुगेका हुन्। कार्यालय प्रवेशका क्रममा पार्टीका नेता–कार्यकर्ताले उनलाई उत्साहपूर्ण स्वागत गरेका थिए।
पुस १४ गते औपचारिक रूपमा रास्वपामा समाहित भएका बालेन आज बस्ने केन्द्रीय समिति बैठकमा वरिष्ठ नेताको हैसियतमा सहभागी हुनेछन्।
बैठक सम्पन्न भएपछि बालेन, पार्टी सभापति रवि लामिछाने लगायत शीर्ष नेताहरू साँझ मधेस प्रदेशको राजधानी जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार












प्रतिक्रिया