काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले मेयर बालेन्द्र (बालेन) शाहलाई योगदानका लागि धन्यवाद दिएको छ।
मेयर शाहले पदबाट राजीनामा दिएपछि कार्यपालिकाले उनलाई सम्मान गर्दै धन्यवाद ज्ञापन गरेको हो। बालेनले महानगरपालिकामा पुर्याएका योगदानको कदर गर्दै आगामी दिनमा पनि सुझाव दिन आग्रह गरिएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलले मेयर शाहको राजीनामाबारे बैठकलाई जानकारी दिँदै धन्यवाद प्रस्ताव पेश गरेकी थिइन्। प्रस्ताव सर्वसम्मतले पारित भएको महानगरपालिकाका स्रोतले जानकारी दिएका छन्।
मेयर शाहले आजदेखि लागू हुने गरी राजीनामा दिएका छन्। उनी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा छन्।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार













प्रतिक्रिया