काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पार्टीको टिकट वितरणसम्बन्धी निर्णयमा असहमति जनाउँदै नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालयमा औपचारिक रूपमा नोट अफ डिसेन्ट दर्ता गराएका छन्।

शनिबार बसेको एमाले सचिवालय बैठकले देशभरका १४० निर्वाचन क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको थियो। सो निर्णयप्रति असन्तुष्टि जनाउँदै भट्टराईले नोट अफ डिसेन्ट लेख्ने घोषणा गरेका थिए। सोहीअनुसार आइतबार पार्टी कार्यालय पुगेर उनले असहमतिको लिखित दस्तावेज दर्ता गराएको एमाले कार्यालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार भट्टराईले चार बुँदामा आफ्नो असहमति उल्लेख गरेका छन्। टिकट वितरणमा तय गरिएका मापदण्डको पालना नभएको, उम्मेदवार छनोटका क्रममा प्रतिस्पर्धामा पक्षधरता देखिएको, कार्यकर्तामाथि अन्याय भएको तथा बाह्य राजनीतिक चुनौतीलाई पर्याप्त रूपमा ध्यान नदिइएको विषय नोट अफ डिसेन्टमा समेटिएको छ।

advertisement

भट्टराईले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, न्यायोचित निर्णय प्रक्रिया र आगामी निर्वाचनमा देखिन सक्ने बाह्य चुनौतीलाई गम्भीरतापूर्वक मूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com