झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवारी दर्ताका लागि झापा प्रस्थान गरेका छन्। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मंगलबार उनको उम्मेदवारी दर्ता हुने कार्यक्रम तय छ।

अध्यक्ष ओली झापा–५ बाट उम्मेदवारी दर्ता गर्ने छन्। प्रेस चौतारीका उपाध्यक्ष चेतन अधिकारीका अनुसार, ‘अध्यक्षज्यू काठमाडौंबाट झापा प्रस्थान भइसकेका छन्। निर्वाचन क्षेत्रमा पुगेर आजै पत्रकार सम्मेलन पनि गर्ने कार्यक्रम छ।’

advertisement

झापा–५ को निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा अत्यन्त रोचक बन्ने देखिएको छ। यस क्षेत्रमा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाह पनि उम्मेदवार बनेका छन्। बालेन शाह हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेर वरिष्ठ नेताका रूपमा सक्रिय छन्।

अध्यक्ष ओली र बालेन शाहबीचको भिडन्तले झापा–५ को चुनावी माहोल थप उस्तै रोचक र संवेदनशील हुने अनुमान गरिएको छ।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com