झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन्।

मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आफ्नो मनोनयन पत्र बुझाएका हुन्।

advertisement

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरूप्रति असभ्य व्यवहार देखाएको आरोप लगाए। दमक क्षेत्रमा उम्मेदवारी दर्ताका क्रममा एमाले र रास्वपाका कार्यकर्ताबीच तनावपूर्ण अवस्था सिर्जना भएको सन्दर्भमा उनले यस्तो टिप्पणी गरेका हुन्।

‘उम्मेदवारी दर्ता गर्न जाने क्रममा हामीलाई रोक्न खोजियो, रास्वपाले असभ्यता प्रदर्शन गर्‍यो,’ उनले भने, ‘एमालेलाई रोक्न खोज्दा त्यसको मूल्य चुकाउनुपर्नेछ।’

झापा–५ मा यसअघि काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह र नेकपा (नेकपा)का रञ्जित तामाङले पनि उम्मेदवारी दर्ता गरिसकेका छन्।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com