धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार केपी खनालले कैलाली–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
उनी मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा गएर आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मनोनयन पत्र बुझाएका हुन्।
खनाल सुदूरपश्चिमका सबै उम्मेदवारमध्ये टिकट पाउने उम्मेदवार पनि बनेका छन्। सानै उमेरदेखि सरसफाइ र सामाजिक सचेतना अभियानमा सक्रिय खनालले आफ्नो अनुभव र अभियानलाई निर्वाचन क्षेत्रमा लिएर अघि बढ्ने योजना बनाएका छन्।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार












प्रतिक्रिया