सर्लाही। सर्लाहीको धन्कौलमा रहेको अन्नपूर्ण चिनी उद्योगको उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ।
धन्कौल–४, महिनाथपुर बस्ने १९ वर्षका चुनचुन राय कामको क्रममा मेसिनमा च्यापिएका थिए। घटना स्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
प्रहरीका अनुसार रायको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्वामा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार













प्रतिक्रिया