झापा । जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता झापा–५ मा रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा कुल ७ लाख १३ हजार ५३७ मतदाता कायम भएका छन्।
झापा–५ मा मात्र ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ महिला र अन्य २ मतदाता गरी कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेका छन्। यस क्षेत्रमा ६१ मतदानस्थल र १८५ मतदान केन्द्र स्थापना गरिएको छ।
क्षेत्र–४ मा ६६ हजार २८३ पुरुष, ६४ हजार ४२८ महिला र अन्य १ सहित १ लाख ३० हजार ७१२ मतदाता, ६६ मतदानस्थल र १५६ मतदान केन्द्र रहेका छन्।
क्षेत्र–३ मा ७१ हजार १७४ पुरुष, ६९ हजार ६८३ महिला, कुल १ लाख १० हजार ८५७ मतदाता, ६७ मतदानस्थल र १६४ मतदान केन्द्र छन्।
क्षेत्र–२ मा ७३ हजार ९५० पुरुष, ७३ हजार ५६७ महिला र अन्य ५ गरी १ लाख ४७ हजार ५२२ मतदाता, ४९ मतदानस्थल र १६५ मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ।
क्षेत्र–१ मा ६५ हजार ८५८ पुरुष र ६५ हजार २०९ महिला गरी कुल मतदाता, ४३ मतदानस्थल र १४५ मतदान केन्द्र कायम छन्।
यसरी झापामा सबैभन्दा बढी मतदाता क्षेत्र–५ मा रहेका हुँदा चुनावी तयारीमा विशेष ध्यान दिनुपर्ने बताइएको छ।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार












प्रतिक्रिया