काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नलिने स्पष्ट पारेकी छन्। उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफू चुनाव जित्न उठेको र हल्लाका पछाडि नलाग्न सबैलाई आग्रह गरेकी छन्।
तामाङले आफू जनताको प्रत्यक्ष प्रतिनिधि बनेर आउने दाबी गरेकी छन्। यद्यपि धादिङका निर्वाचन अधिकृत एकराज अधिकारीले बताएअनुसार, उम्मेदवार तामाङले फोन र इमेलमार्फत उम्मेदवारी फिर्ता सम्बन्धी सम्पर्क गरेको थियो।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार












प्रतिक्रिया