काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरीमा अपेक्षाभन्दा कम आवेदन देखिएको छ। नेपाल प्रहरीले आवश्यक उम्मेदवार नपुगेको कारण विभिन्न जिल्लामा आवेदन दिने समय पुनः थप गरेको छ।

काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप लगायतका पहाडी जिल्लामा पर्याप्त संख्या निर्वाचन प्रहरी चयन हुन नसकेपछि पुनः दरखास्त आह्वान गरिएको हो। परीक्षा प्रक्रिया सकिएपछि ती जिल्लामा माघ १० र ११ गतेसम्म आवेदन दिन सकिने अतिरिक्त समय दिइएको छ।

advertisement

यसअघि पनि धेरै जिल्लामा तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेको कारण एक हप्ताको म्याद थपिएको थियो। तर, म्याद थप्दा पनि अपेक्षित संख्यामा आवेदन नपरेको प्रहरी अधिकारीहरूले बताएका छन्। प्रहरी भर्नामा यसरी मागभन्दा कम आवेदन पर्नु पहिलोपटक भएको हो।

विशेषज्ञहरूका अनुसार न्यून सेवा–सुविधा र सीमित आकर्षकता मुख्य कारण हुन्। निर्वाचन प्रहरी ४० दिनको लागि भर्ती हुने हुँदा उनीहरूले सामान्य प्रहरी जवान सरहको तलब र राशन सुविधा मात्र पाउने व्यवस्था छ।

आगामी निर्वाचनका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी बलले १५ हजार ११० निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरिरहेको छ। भर्ना भएका कर्मचारीलाई माघ १५ गतेदेखि तालिम सुरु गरिने योजना रहेको छ।

प्रकाशित मिति: १० माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com