काठमाडौं । अमेरिकाको मेन राज्यको बांगोर सहरस्थित बांगोर अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साँझ करिब पौने ८ बजे निजी विमान दुर्घटना भएको छ। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार, विमान टेकअफको क्रममा दुर्घटनामा परेको हो।

संघीय उड्डयन प्राधिकरण (एफएए) का अनुसार, दुर्घटनाग्रस्त विमान बम्बार्डियर च्यालेन्जर ६५० मोडलको व्यावसायिक विमान थियो। यसमा ८ जना सवार थिए, तर उनीहरूको अवस्था तत्काल सार्वजनिक गरिएको छैन।

advertisement

बांगोर विमानस्थल प्रशासनले आइतबार साँझ करिब ७:४५ बजे (स्थानीय समय) आपतकालीन उद्धार टोली घटनास्थलमा खटाएको जानकारी दिएको छ। दुर्घटनापछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको थियो।

एफएएले जारी गरेको विज्ञप्तिमा दुर्घटनाको छानबिन एफएए र राष्ट्रिय यातायात सुरक्षा बोर्डले संयुक्त रूपमा गर्ने जानकारी दिइएको छ।

यो दुर्घटना उत्तरपूर्वी अमेरिकामा फैलिरहेको भीषण हिमआँधीको बीचमा भएको हो। मेन राज्यमा तापक्रम शून्यभन्दा निकै तल पुगेको र हल्का हिमपातका कारण दृश्यता अत्यन्तै कम रहेको जनाइएको छ।

संघीय अभिलेखअनुसार, उक्त निजी जेट टेक्सासको ह्युस्टनमा दर्ता भएको एक सीमित दायित्व कम्पनी (एलएलसी) को नाममा रहेको छ। दुर्घटनाको कारणबारे आधिकारिक विवरण अझै आउन बाँकी रहेको सिएनएनले जनाएको छ ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com