काठमाडौं। आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी रहेको छ।

सोमबार बिहान सिंहदरबारस्थित परिषदको कार्यालयमा सुरु भएको बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा तयारी र रणनीतिबारे छलफल भइरहेको स्रोतले जनाएको छ।

advertisement

बैठकमा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा योजनामाथि विस्तृत छलफल भइरहेको छ। सरकारको तयारीअनुसार निर्वाचनभन्दा करिब एक महिना अगावै नेपाली सेना परिचालन गर्ने रणनीति लिइएको छ। त्यसअनुसार माघ २१ गतेदेखि नेपाली सेना परिचालन गर्ने तयारी रहेको स्रोतको भनाइ छ।

यसअघि मंसिर ४ गते पनि राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको थियो। उक्त बैठकपछि प्रारम्भिक चरणका सुरक्षा योजना तयार पारिएका थिए।

राष्ट्रिय सुरक्षा परिषदको बैठक प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसिरहेको छ। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, रक्षामन्त्री, सरकारका मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोक राज सिग्देल तथा रक्षा सचिव केदारनाथ शर्मा सहभागी छन्।

यस बैठकपछि सोमबार दिउँसो साढे ३ बजे नियमित मन्त्रिपरिषद् बैठक बस्ने तयारी पनि गरिएको छ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com