महेन्द्रनगर ।   आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट १२ जना पूर्वमन्त्री चुनावी मैदानमा रहेका छन्। प्रमुख राजनीतिक दलले आफ्नो अनुभव र जनमानसको विश्वासको आधारमा उनीहरूलाई उम्मेदवारका रूपमा अघि सारेका हुन्।

नेपाली कांग्रेसले कञ्चनपुर–२ बाट पूर्वमन्त्री नारायणप्रकाश साउदलाई उम्मेदवार बनाएको छ। साउदबाहेक कांग्रेसले यस प्रदेशमा सबै नयाँ उम्मेदवारलाई अघि सार्ने रणनीति अपनाएको छ।

advertisement

नेपाली कम्युनिष्ट पार्टीबाट अछाम–१ बाट पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावल, कैलाली–५ बाट प्रेम आले र कञ्चनपुर–१ बाट बीना मगर प्रतिनिधि सभा उम्मेदवार छन्। सबै सङ्घीय सरकारमा पूर्वमन्त्री भइसकेका हुन्।

नेकपाले डोटीबाट पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, बाजुरा–प्रकाशबहादुर शाह र कञ्चनपुर–३ बाट पूर्वराज्यमन्त्री मानबहादुर सुनारलाई उम्मेदवार बनाएको छ।

नेकपा (एमाले) बाट दार्चुला–गणेशसिंह ठगुन्ना, बैतडी–दामोदर भण्डारी, कैलाली–४–लेखराज भट्ट, कैलाली–३–गौरीशङ्कर चौधरी र अछाम–१–झपटबहादुर बोहरा उम्मेदवार छन्। डोटीमा जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी पनि मैदानमा छन्।

सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्र रहेको छ र १७ लाख १६ हजार ६६० मतदाता छन्। कूल २०६ उम्मेदवारले प्रतिस्पर्धा गर्ने प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ।

पूर्वमन्त्रीहरूको सहभागितासँगै सुदूरपश्चिममा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने प्रारम्भिक अनुमान गरिएको छ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com