काठमाडौं । आमनिर्वाचन अघि नै संसदीय दलको नेता छान्ने निर्णय गरेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयले कुनै मान्यता नपाउने भएको छ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सांसदहरूले आफूहरू मध्येबाट दलको नेता छान्नुपर्ने कानुनी व्यवस्था भएकाले अन्य अवस्थामा संसदीय दलले मान्यता नपाउने बताए।

‘पहिला त पार्टीले चुनाव जितेर आउनुपर्‍यो। त्यसपछि कम्तीमा दुई सांसद हुनुपर्‍यो। त्यसपछि मात्र त्यसले संसदीय दलको मान्यता पाउँछ,’ पाण्डेले भने, ‘त्यसपछि दलका माननीय सदस्यले मतदान गरेर दलको नेता छान्नुपर्छ। यसको कुनै कानुनी विकल्प छैन। बाहिर गरेको निर्वाचनको कुनै अर्थ हुँदैन।’

पाण्डेले संसदमा प्रतिनिधित्व गर्ने दलले संसद सचिवालयमा विधान बुझाएर स्वीकृत गराउनुपर्ने बताए।

रवि लामिछाने सभापति रहेको स्वतन्त्र पार्टीले चुनावभन्दा अघि नै संसदीय दलको नेता छान्न उम्मेदवारी दर्ता गर्न आह्वान गरेको छ।

प्रकाशित मिति: ६ कार्तिक २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com