धनगढी । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि सत्ता गठबन्धनका उम्मेदवारले चुनाव जित्नु आवश्यक रहेको बताएका छन् ।

आज गठबन्धनले आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलालाई धनगढीमा सम्बोधन गर्दै उनले देशमा दुईवटा गठबन्धन रहेको र आन्दोलनका उपलब्धि जोगाउन परिवर्तनकारी शक्तिहरुले चुनाव जित्नुपर्नेमा जोड दिए।

advertisement

एमाले–राप्रपा गठबन्धन पश्चगामी भएकाले उनीहरुले जिते देश अस्थिरताको भुमरीमा फस्ने र अहिलेका उपलब्धि गुम्ने प्रधानमन्त्रीको दाबी छ। संविधान मिच्ने प्रवृत्ति अहिले पनि सक्रिय रहेको उल्लेख गर्दै उनले त्यो जोखिमबाट बचाउन वाम लोकतान्त्रिक गठबन्धन बनेको बताए। गठबन्धनले हारेमा देश संकटमा पर्ने देउवाको दाबी छ।

प्रकाशित मिति: ६ कार्तिक २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com