काठमाडौं । भक्तपुरबाट चोरी गरिएको मोटरसाइकल मकवानपुरतर्फ लैजाँदै गरेका दुई जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार, उनीहरूलाई ललितपुरको भट्टेडाँडाबाट नियन्त्रणमा लिइएको बताइएको छ।

पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भई भैंसेपाटी बस्ने २५ वर्षीय ब्रिजन तामाङ र भक्तपुर सुडाल बस्ने २३ वर्षीय युनिक तामाङ रहेका छन्।

advertisement

जिल्ला प्रहरीका अनुसार, आइतबार भट्टेडाँडास्थित जगुमाया प्रहरी चौकीबाट खटिएको टोलीले चेकजाँच गर्दा उनीहरूले मोटरसाइकल नरोकीकन भागेका थिए। प्रहरीले उनीहरूलाई पछ्याएर नियन्त्रणमा लिएको जानकारी दिइएको छ।

आरोपीहरू सवार बागमती प्रदेश–०२–०४४ प ६९१२ र बा.३६ प ७९०८ नम्बरको मोटरसाइकल बरामद गरिएको र प्रारम्भिक अनुसन्धानमा ती मोटरसाइकल भक्तपुरबाट चोरी भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जगातीमा बुझाइएको छ।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com