काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ऊर्जा क्षेत्रमा आफूले नेतृत्व गर्दै गरेको काम नेपालका लागि सफल मोडेलका रूपमा स्थापित भइसकेको दाबी गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष घिसिङले उक्त दाबी गरेका हुन्।
उनले मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै घर–घरमा रोजगारी सिर्जना गर्नु उज्यालो नेपाल पार्टीको प्रमुख प्रतिबद्धता रहेको बताए। कृषि, खानेपानी र रोजगारीको क्षेत्रमा आत्मनिर्भर नेपाल निर्माणका लागि आसन्न प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई मत दिन पनि उनले आह्वान गरे।
अध्यक्ष घिसिङले हाल देश परनिर्भरतातर्फ उन्मुख हुँदै गएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल भए पनि अन्य क्षेत्रमा अझै कमजोरी रहेको बताए।
उनले मुलुकको समग्र विकासका लागि स्पष्ट रोडम्यापसहित पार्टीको घोषणा पत्र छिट्टै सार्वजनिक गरिने जानकारी पनि दिए।
प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार













प्रतिक्रिया