काठमाडौं । निर्वाचन आचारसंहिताले उम्मेदवार र राजनीतिक दलका नेताहरुलाई हवाईजहाज वा हेलिकोप्टर प्रयोग गर्न रोक लगाएको भएपनि त्यसको बेवास्ता गर्दै सत्ता गठबन्धनका शीर्ष नेताहरुले नेपाली सेनाको जहाज (स्काई ट्रक)बाट सुदूरपश्चिम र कर्णाली प्रदेशका राजधानीमा चुनावी भेला गरेपछि आचारसंहिताको प्रश्न उठेको छ ।

आइतबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, रामचन्द्र पौडेललगायतका नेता नेपाली सेनाको जहाज लिएर धनगढी र सुर्खेत पुगेका थिए । यसअघि रुपन्देहीमा भएकाे गठबन्धनकाे चुनावी भेलामा सहभागी हुन पनि प्रधानमन्त्री देउवाले सैनिक हेलिकाेप्टर प्रयाेग गरेका थिए ।

निर्वाचन आयोगसँग समन्वय गर्ने जिम्मेवारीमा रहेका एमाले केन्द्रीय सदस्य तथा कानून विभाग प्रमुख रमेश बडालले गठबन्धनका शीर्ष नेताहरुले सरकारी जहाजको दुरुपयोग गर्नु निर्वाचन कसूर तथा सजाय ऐन २०७३ विपरीतको अपराध भएको टिप्पणी गरेका छन् । सत्ताको दुरुपयोग गर्दै प्रधानमन्त्रीले गठबन्धनका नेताहरुलाई सेनाको जहाजमा लगेको एमालेको आरोप छ ।

प्रकाशित मिति: ७ कार्तिक २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com