काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) लाई एकता प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै संयोजक दाहालले कम्युनिस्ट आन्दोलनलाई सुदृढ र प्रभावकारी बनाउन वर्तमान अवस्थामा एकता अपरिहार्य आवश्यकता बनेको बताए।

advertisement

उनले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमीक्षा गर्दै मूलधारको राजनीतिमा फर्किन आग्रह गरे। समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल हुँदै आएको उल्लेख गर्दै दाहालले पछिल्लो चरणमा एकता लगभग निष्कर्षमा पुगेको बुझाइ भए पनि विभिन्न कारणले त्यो सफल हुन नसकेको बताए।

जेन–जी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ उन्मुख भएको टिप्पणी गर्दै उनले त्यसपछि मुख्य नेतृत्व नै ठूलो भुमरीमा परेको जस्तो आफूलाई लागेको बताए।

आफूहरूले पनि आत्मसमीक्षा गर्दै एकताको बाटो रोजेको उल्लेख गर्दै संयोजक दाहालले विप्लव पक्षका लागि अझै अवसर बाँकी रहेको स्पष्ट पारे। वास्तविक राजनीतिक ‘घर’ यही भएको भन्दै उनले यताउता भौंतारिँदा कुनै उपलब्धि हासिल नहुने धारणा राखे।

विप्लव नेतृत्वलाई लक्षित गर्दै दाहालले भने, आत्मसमीक्षा गरेर एकताको प्रक्रियामा आए हामी फेरि पनि स्वागत गर्न तयार छौँ। अझै पनि तपाईंहरूको अवसर पूर्ण रूपमा समाप्त भइसकेको छैन।

उनको उक्त आह्वानलाई वर्तमान कम्युनिस्ट राजनीतिमा सम्भावित पुनर्संरचना र एकताको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com