काठमाडाैं । दाङमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ सुनपुर बस्ने २२ वर्षीय मधुसूदन भुसाल रहेका छन् ।
भुसालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । मंगलबार साँझ पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार












प्रतिक्रिया