डोल्पा । डोल्पामा सालनाल अड्किएर जटिल अवस्थामा परेकी एक सुत्केरीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

राष्ट्रपति सुत्केरी उद्धार कोषअन्तर्गत आज दिउँसो ठूलीभेरी नगरपालिका–९ निवासी ३० वर्षीया विष्णुकुमारी डाँगीको उद्धार गरिएको हो। डोल्पाका प्रमुख जिल्ला अधिकारी  जुनु हमाल (ढकाल)को पहलमा हेलिकप्टरको व्यवस्था गरी सुत्केरीलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।

advertisement

जिल्ला अस्पताल डोल्पाका चिकित्सक तुलसी शाहका अनुसार सुत्केरी भएपछि बिहानसम्म सालनाल अड्किएर गम्भीर समस्या देखिएपछि तत्काल उच्च उपचार आवश्यक भएको थियो। पाठेघरको शल्यक्रिया गरी सालनाल निकाल्नुपर्ने जटिल अवस्था आए पनि जिल्लामा सो उपचार सम्भव नभएकाले रेफर गरिएको उहाँले जानकारी दिनुभयो।

समयमै हेलिकप्टरमार्फत उद्धार सम्भव भएकाले सुत्केरीको ज्यान जोखिममुक्त भएको अस्पताल स्रोतले जनाएको छ।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com