काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ जिल्लामा करिब दुई हजार कर्मचारी परिचालन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले सरकारी सेवाका कर्मचारीलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतका रूपमा पहिलो प्राथमिकता दिइएको जानकारी दिए। आवश्यकताअनुसार अपुग जनशक्ति शिक्षकहरूबाट पूर्ति गरिने उनले बताए।

advertisement

यसैगरी, निर्वाचन सुरक्षाका लागि दुई हजार २०० सुरक्षाकर्मी परिचालन गरिनेछ।

तनहुँमा कुल दुई लाख ५४ हजार ३९७ मतदाता रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये एक लाख २३ हजार ४९१ पुरुष र एक लाख ३० हजार ९०६ महिला मतदाता छन्। जिल्लाका १० स्थानीय तहमध्ये व्यास नगरपालिकामा सबैभन्दा बढी र देवघाट गाउँपालिकामा सबैभन्दा कम मतदाता रहेका छन्।

जिल्लामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। क्षेत्र नम्बर १ मा एक लाख ३६ हजार ११८ र क्षेत्र नम्बर २ मा एक लाख १८ हजार २७९ मतदाता रहेका छन्। निर्वाचन कार्यालयका अनुसार जिल्लामा १४४ मतदानस्थल र ३०९ मतदान केन्द्र कायम गरिएका छन्।

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com