काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण भयावह हुनसक्ने चेतावनी दिएका छन्।
परमाणु कार्यक्रमको सम्बन्धमा सम्झौता गर्ने समय सकिँदै गएको भन्दै उनले खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति क्रमशः बढ्दै गएको जानकारी दिएका छन् र इरानलाई तुरुन्त वार्तामा आउन आग्रह गरेका छन्। ट्रम्पका अनुसार अमेरिकाको ठूलो नौसैनिक टोली अहिले इरानतर्फ अघि बढिरहेको छ, जुन भेनेजुएलामा पठाइएकोभन्दा पनि ठूलो टोली हो।
यसको जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले सशस्त्र बल ‘ट्रिगरमा औँला राखेर’ बसेको र जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको ‘तत्काल र शक्तिशाली’ जवाफ दिने चेतावनी दिएका छन्।
इरानले आफ्नो परमाणु कार्यक्रम पूर्णतया शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ र अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूले लगाएका परमाणु हतियार विकासको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ।
प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार












प्रतिक्रिया