काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौँ उपत्यकाका १५ उम्मेदवारले आज गणेश मन्दिरको दर्शन गर्दै आफ्नो चुनावी यात्रा सुरु गरेका छन्।
यात्रा अवधिभर उम्मेदवारहरूले कालभैरव, इन्द्रचोक, वसन्तपुर, नरदेवी लगायत काठमाडौँका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलहरूको दर्शन गरे। पार्टीका अनुसार यस कार्यक्रमको उद्देश्य धार्मिक सहिष्णुता, सांस्कृतिक संरक्षण र शान्तिको सन्देश प्रवाह गर्नु हो।
पार्टी अध्यक्ष घिसिङले जनताको समर्थन र हौसला पाएको आधारमा आफूहरुले निर्वाचनमा मत पाउने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार













प्रतिक्रिया