काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले शुक्रबार बस्ने पार्टीको मधेस प्रदेश कार्यसमिति बैठकमा सहभागी भई सम्बोधन गर्ने भएका छन्। बैठक जनकपुरधामस्थित नेपाली कांग्रेसको मधेस प्रदेश कार्यालयमा आयोजना हुनेछ।

बैठकमा फागुन ७ गते जनकपुरमा आयोजना गरिने मधेस सभाको तयारी, व्यवस्थापन तथा समन्वयसम्बन्धी विषयमा विस्तृत छलफल हुने कांग्रेस मधेस प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए।

advertisement

उनका अनुसार सभापति थापाले मधेस प्रदेशभर पार्टीको प्रचार–प्रसारलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन आवश्यक निर्देशनात्मक मन्तव्य दिने कार्यक्रम तय भएको छ।

बैठकमा मधेस प्रदेशअन्तर्गतका सबै ३२ निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूलाई समेत आमन्त्रण गरिएको छ।

कांग्रेस सभापति थापा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका छन्। हाल उनी आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित रहेर प्रचार–प्रसारमा सक्रिय छन्।

नेपाली कांग्रेसले फागुन ७ गते जनकपुरमा सभा आयोजना गरी औपचारिक रूपमा निर्वाचन प्रचार–प्रसारको सुरुवात गर्ने जनाएको छ। सोही कार्यक्रमको तयारीका लागि प्रदेश कार्यसमिति बैठक बोलाइएको हो।

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com