काठमाडौं । अर्थ मन्त्रालयले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबर स्रोत सहमति प्रदान गरेको छ। यस्तै, हालसम्म ६ अर्ब ३५ करोड निकासा भइसकेको मन्त्रालयका तथ्यांकमा उल्लेख छ।

निर्वाचन आयोगलाई मात्रै १८ कात्तिकमा ४ अर्ब ९६ करोड स्रोत सहमति दिइएको थियो। त्यसपछि २० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार स्रोत सहमति प्रदान गरिएको थियो। यस अनुसार निर्वाचन आयोगलाई जम्मा ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँ स्रोत सहमति दिइएको छ।

advertisement

निकासाको तथ्यांकअनुसार, निर्वाचन आयोगलाई १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ निकासा गरिएको थियो। अहिलेसम्म आयोगलाई जम्मा ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको तथ्यांकमा उल्लेख छ।

निर्वाचन प्रयोजनका लागि सुरक्षा निकायहरूलाई समेत ठूलो बजेट स्रोत सहमति प्रदान गरिएको छ। राष्ट्रिय अनुसन्धान विभागलाई १३ कात्तिकमा २ करोड ८० लाख रुपैयाँ, नेपाली सेनालाई उपकरण खरिदका लागि २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार रुपैयाँ, र २० पुसमा १ अर्ब ९४ करोड रुपैयाँ स्रोत सहमति प्रदान गरिएको थियो।

गृह मन्त्रालय र मातहतका निकायलाई कुल १० अर्ब ३९ करोड रुपैयाँ बराबर स्रोत सहमति उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com