काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सैन्य कारबाहीबाट बच्न दुई सर्त पूरा गर्नुपर्ने बताएका छन्। खाडी क्षेत्रमा अमेरिकाले आफ्नो सैन्य उपस्थिति बढाइरहेका बेला ट्रम्पको यो चेतावनी आएको हो।

ट्रम्पले भने, “पहिलो—आणविक हतियार नराख। दोस्रो—प्रदर्शनकारीहरूलाई मार्ने काम बन्द गर।” उनले इरानमा “हजारौँ मानिस मारिएको” आरोप पनि लगाए।

advertisement

उनले थपे, “अहिले धेरै ठूला र शक्तिशाली अमेरिकी जहाजहरू इरानतर्फ गइरहेका छन्। हामीले तिनीहरू प्रयोग गर्नु नपरोस् भन्ने चाहना छ।”

पछिल्ला हप्ताहरूमा इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकाले दबाब बढाइरहेका सन्दर्भमा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।

यसप्रति प्रतिक्रिया जनाउँदै इरानका विदेशमन्त्री अब्बास अराघचीले देशको सशस्त्र सेना पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताए। उनले भने, “कुनै पनि आक्रमण भए इरान तुरुन्तै र पूर्ण शक्तिका साथ जवाफ दिन तयार छ। हाम्रा सेना औंला ट्रिगरमै राखेर तयारी अवस्थामा छन्।”

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com