काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह(बालेन) को सुदुरपश्चिम चिनाबी अभियानको क्रममा उनलाई बास बस्न भनेर बुक गरिएको होटलमा उनी बसेनन् । उनी रातारात होटल छोडेर हिँडेका थिए । वास्तवमा यसबारे सूचना लिक भएपछि उनी त्यहाँ नबसेको पाइएको छ ।

बालेन बिहीबार साँझ डोटी पुगेका थिए। उनी दिपायलमा बास बस्ने कार्यक्रम थियो । रास्वपाका स्थानीय नेताहरूले दिपायलको होटलमा उनी बास बस्ने प्रबन्ध गरेका थिए । तर उनलाई बास बस्नको लागि वर्षा होटलको कोठा नम्बर ३०४ मिलाइएको सूचना उनी पुग्नुअघि नै छ्याप्छ्याप्ती भएपछि उनी त्यहाँ सम्न मानेनन् ।

advertisement

उनी रातारात त्यहाँबाट सिलगढी पुगे । बिहीबार सिलगढीमै बसेर उनी शुक्रबार बिहान अछामतिर हिँडै । शुक्रबारै उनी कर्णाली प्रदेश प्रवेश गर्दैछन् । बास बस्ने ठाउँको सबै विवरण सार्वजनिक भएपछि त्यहाँ रातमा पनि भीड हुन सक्ने भएकोले उनी त्यहाँ बस्न नरूचाएको उनीनिकट स्रोत बताउँछ ।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com