काठमाडौं ।  नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी ओलीको व्यवहारले नेपालमा वाम आन्दोलनमाथि चोट पुर्‍याएको र सरकारले युवामाथि गोली चलाएको आरोप लगाएका छन्।

नेकपाको निर्वाचन विशेष भेलामा बोल्दै खतिवडाले भने कि हेलिकप्टर चढेर ओली भागे पनि कम्युनिस्ट प्रधानमन्त्री भएको नाताले आफूहरूलाई समेत दोषी देखाइने अवस्था आएको छ।

उनले भने, ‘दोष तत्कालीन सरकारलाई लागेको छ तर कम्युनिस्टविरोधीहरूले हामीलाई समेत गाली गर्छन्। केपी ओली भाग्यो भन्ने छैनन्, कम्युनिस्ट प्रधानमन्त्री भाग्यो भनेर, प्रचण्ड वा माधव नेपाल भाग्नुभएको होइन, भागेको त केपी ओली हो। ओलीको व्यवहारले नेपालको वाम आन्दोलनलाई गोली ठोक्नुभयो, ओली सरकारले युवालाई गोली ठोक्यो।’

खतिवडाले ओलीको व्यवहार र सरकारको कदमले कम्युनिस्ट आन्दोलनको छवि बिग्रिएको र वामपन्थी आन्दोलन कमजोर भएको बताएका छन्।

प्रकाशित मिति: १७ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com