काठमाडौं । छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फको उपाधि गण्डकी प्रदेशले जितेको छ।

शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा गण्डकीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा लेखायो। पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जित्दै उपाधि रक्षा गर्न सफल भयो। गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जितेको थियो।

advertisement

उपाधिसँगै गण्डकीले नगद ६ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको नेपाल पुलिस क्लबले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो।

तेस्रो स्थानमा रहेको पर्वत जिल्ला भलिबल संघले २ लाख ६ हजार ६६६ रुपैयाँ प्राप्त गर्‍यो। तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।

टाइगर ग्रुप अफ पोखरा, नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको यस च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी थिए।

प्रकाशित मिति: १७ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com