काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका १५ जिल्लाका मतपत्र छपाइको काम पूरा भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म १५ जिल्लाका १८ निर्वाचन क्षेत्रका मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ। प्रत्यक्षतर्फ डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जिल्लाका मतपत्र छपाइ सम्पन्न भएका छन्। त्यस्तै दैलेखका निर्वाचन क्षेत्र नं. १ र २, सुर्खेतका १ र २, रुकुम पश्चिम, बाजुरा तथा अछामका क्षेत्र नं. १ र २, कैलाली क्षेत्र नं. १, झापा क्षेत्र नं. ५ र सुनसरी क्षेत्र नं. १ का मतपत्र पनि छपाइ भइसकेका छन्।

advertisement

आयोगका अनुसार नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० प्रति छपाइ भई सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइसकिएको छ। साथै, समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्रको छपाइसमेत सम्पन्न भइसकेको छ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com