काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि आफ्नो दलले रोजगार सिर्जना र मध्यम वर्गीय परिवारलाई लक्षित गरेर वाचापत्र ल्याउने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजना गरिएको ‘दलको घोषणा पत्रमा आर्थिक एजेन्डा’ कार्यक्रममा बोल्दै खनालले जेनजी आन्दोलनपछिको मुख्य माग नै रोजगार भएको भन्दै सबैभन्दा पहिले त्यसमा केन्द्रित हुने बताए।

advertisement

खनालले निजी क्षेत्रलाई सहज वातावरण बनाइ रोजगार सिर्जना गर्न कानुन निर्माणमा जोड दिने बताए। रास्वपाको प्रस्तावनाले उदार अर्थतन्त्रमा विश्वास राख्दै सामाजिक न्यायको अवधारणालाई समेत समावेश गरेको उनले सुनाए। पर्यटन क्षेत्रको विकासका लागि कनेक्टिभिटी सुधार आवश्यक रहेकोमा समेत उनले जोड दिए।

उनीहरूले टेक्नोलोजी र जलविद्युतलाई प्राथमिकतामा राखेर आर्थिक विकास गर्ने योजना बनाएको र अबको १० वर्षमा सम्मानजनक मध्यम आय मुलुक बन्ने लक्ष्य रहेको उल्लेख गरे।

मध्यम वर्गीय परिवार लक्षित गरी सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने, पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने र आगामी १० वर्षभित्र ३० हजार मेगावट विजुली उत्पादन गर्ने योजना रहेको उनले बताए। साथै विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण बनाउन सकिने जिकिर पनि उनले गरे।

खनालले बहुमत नभएको अवस्थामा घोषणा पत्रको कार्यान्वयन नहुने पनि स्पष्ट पारे। ‘सरकारले चाहने खालको कानुन बन्ने भएकोले एउटै दलको बहुमत आए मात्र हाम्रो घोषणा पत्र कार्यान्वयन हुन सक्छ। बहुदलिय सरकार र अस्थिरतामा घोषण पत्र लागु हुन सक्दैन,’ उनले भने।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com