काठमाडौं। संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ संसद्को बैठक नयाँ संसद भवनमै हुने जानकारी दिएको छ।

सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधिसभा निर्वाचन पश्चात तत्काल बैठक सञ्चालनका लागि सरकारसँग निरन्तर सम्वाद भइरहेको र सिंहदरबारस्थित नयाँ संसद भवन नै प्रयोग गरिने बताएका छन्।

advertisement

गिरीका अनुसार नयाँ संसद भवनमा सभा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार न्यूनतम रूपमा उपलब्ध हुने विश्वास सचिवालयलाई छ। अधिवेशन आह्वान हुनुभन्दा १५–२० दिनअघि सभा कक्षसहित आवश्यक पूर्वाधार उपलब्ध गराइने व्यवस्था गरिएको छ।

निर्माण भइरहेको प्रतिनिधिसभा पक्षमा १२ मध्ये ६ वटा बैठक कक्ष उपलब्ध हुने भएकाले तत्कालका लागि न्यूनतम रूपमा बैठक सञ्चालन सम्भव हुने सचिवालयले जनाएको छ। भवन निर्माण पूरा भएपछि अन्य कामहरू क्रमशः नयाँ संसद भवनबाट सञ्चालन हुने तयारी गरिएको छ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com