काठमाडौं । भारत सरकारले आगामी आर्थिक वर्षमा नेपाललाई ७ सय करोड भारतीय रुपैयाँ अर्थात् करिब १२ अर्बभन्दा बढी नेपाली रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने भएको छ।
आइतबार भारतको आर्थिक वर्ष २०२६/०२७ का लागि भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई १२ अर्ब ८० करोड नेपाली रुपैयाँ बराबरको अनुदान प्रदान गरिने उल्लेख गरिएको हो।
चालु आर्थिक वर्षमा भारतले नेपाललाई ७ सय ३० करोड भारतीय रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान गरिएको छ।
दक्षिण एशियाली मुलुकहरूमध्ये भारतले सबैभन्दा बढी अनुदान भुटानलाई प्रदान गर्ने भएको छ। बजेटअनुसार भुटानलाई २ हजार २ सय ८८ करोड भारतीय रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको छ।
भारतले पाकिस्तानबाहेक सबै दक्षिण एशियाली मुलुकलाई विभिन्न शीर्षकमा अनुदान उपलब्ध गराउँदै आएको छ।
प्रकाशित मिति: १८ माघ २०८२, आइतबार













प्रतिक्रिया