काठमाडौं। नेकपा एमालेका नेता जीतेन्द्रनारायण देवले सोमबार पार्टी छाडेको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै एमालेले जेनजी आन्दोलनलाई नबुझेको र विदेशी षड्यन्त्र मात्र देखेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
देवले भनेका छन्, “पार्टीलाई सच्चाउने दिशामा लाग्नुको सट्टा यसलाई विदेशी षड्यन्त्र देख्ने, पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढङ्गले सञ्चालन गर्ने नेतृत्वको कार्यशैलीसँग असहमत भई आजैको मितिदेखि नेकपा (एमाले) परित्याग गरेको घोषणा गर्दै सबै सम्बद्ध पक्षलाई सार्वजनिक जानकारी गराउँदछु।”
उनी भदौ २३ गतेको जेनजी आन्दोलनलाई युवाहरूको विद्रोहको रूपमा वर्णन गर्दै पार्टी सुधारको सट्टा यसलाई षड्यन्त्रको रूपमा हेर्ने नेतृत्वको रवैयाबाट असन्तुष्ट रहेको बताएका छन्।
देव २०८१ असार १७ गते नेपाली कांग्रेस छाडेर एमाले प्रवेश गरेका थिए।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार













प्रतिक्रिया