काठमाडौं । नेकपा एमालेले फागुन २१ गते हुने निर्वाचनका लागि चुनावी तालमेलको प्रस्ताव नेकपालाई गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधव नेपाललाई फोनमार्फत प्रस्ताव राखेका हुन्। देशभर एमाले, नेकपा, कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा तीव्र रहँदा ओलीले केही क्षेत्रीय तालमेलका लागि पहल गरेका थिए।
तर, नेकपाले यो प्रस्ताव अस्वीकार गरेको छ। नेता वर्षमान पुनले भने, “अहिले हामी कोहीसँग पनि तालमेल गर्दैनौँ। देशभर आफ्ना उम्मेदवार उठाएर जिताउन लागेका छौँ। अर्का एक नेकपा नेताले ओलीको अभिव्यक्ति र दृष्टिकोणलाई हेर्दा आउँदो चुनावमा एमालेसँग मिल्ने सम्भावना नरहेको स्पष्ट पारे।
एमालेका नेताहरूले औपचारिक रूपमा कुनै दलसँग तालमेलको संवाद नभएको बताएका छन्। नेता राजेन्द्र गौतमले भने, औपचारिक कुरा भएको छैन, तर नेताहरूबीच सायद कुराकानी भएको हुन सक्छ।” केही दिनअघि ओलीले पनि सार्वजनिक रूपमा फागुन २१ को चुनाव निष्पक्ष नहुन सक्ने दाबी गरेका थिए र चुनाव मिति सार्नका लागि अन्य दलसँग संवाद गरिरहेका छन्।
प्रकाशित मिति: १९ माघ २०८२, सोमबार













प्रतिक्रिया