काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले सरकारी, सार्वजनिक निकाय तथा नियमनकारी संस्थामाथि कुनै पनि किसिमको अवाञ्छित दबाब नदिएको स्पष्ट पारेकी छन्। सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले मितव्ययितालाई उच्च प्राथमिकता दिएकै कारण राज्यका स्रोत–साधनको दुरुपयोग धेरै हदसम्म नियन्त्रणमा आएको बताइन्।

प्रधानमन्त्री कार्कीले सरकारी तथा सार्वजनिक निकायहरू पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ कानुनअनुसार काम गरिरहेको उल्लेख गर्दै संस्थाहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिँदा त्यसको सकारात्मक परिणाम देखिन थालेको दाबी गरिन्।

advertisement

सुशासन सुदृढ गर्न अब कुनै पनि नागरिक सडकमा आउनुपर्ने अवस्था नआओस् भन्ने दिशामा सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिँदै उनले राजनीतिक दलहरू सत्ताको मोहमा नभई विधिको शासनप्रति अटुट निष्ठाका साथ काम गर्नुपर्ने बताइन्।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com