काठमाडाैं  । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा आएको चक्रवात ह्यारीको कारण करिव एक हजारको मृत्यु हुनुका साथै धेरै आप्रवासीहरू बेपत्ता भएको मेडिटेरेनिया सेभिङ ह्युमन्सले जनाएको छ ।

इटालीस्थित राहत संस्था, “मेडिटेरेनिया सेभिङ ह्युमन्स” ले प्रेस विज्ञप्ती जाररुी गर्दै चक्रवात ह्यारीको समयमा लगभग एक हजार मानिसहरु समुद्रमा हराएर मृत्यु भएको हुन सक्ने बताएको हो ।

advertisement

इटाली, माल्टा, लिबिया र ट्युनिसियाको बिचमा अवस्थित मध्य भूमध्य मार्ग हालैका वर्षहरूमा युरोपमा अनियमित आप्रवासन प्रवाहका लागि सबै भन्दा व्यस्त मार्गहरू मध्ये एक मानिएको छ ।

युरोपेली गैर–सरकारी संस्थाहरूले सामान्यतया उत्तर अफ्रिकाको तटबाट प्रस्थान गरे पछि संकटग्रस्त अवस्थामा परेका आप्रवासीहरूलाई उद्धार गर्ने गरेको जनाइएको छ ।

जनवरी १८ – २५ को बिचमा, चक्रवात ह्यारीले इटालीको दक्षिणी तट र माल्टा टापुमा ठुलो क्षति पुर्याएको जनाइएको छ ।

  • रासस

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com