काठमाडौं।  सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा तत्कालका लागि पेशी तोकेको छैन । अदालतले उक्त मुद्दामा माघ २८ गतेका लागि साधारण तारेख मात्र निर्धारण गरेको छ ।

यसअघि सर्वोच्च अदालत प्रशासनले मंगलबारका लागि साधारण तारेख तोकेको हुँदा आज मुद्दा पेशीमा चढ्ने अनुमान गरिएको थियो । त्यसैले संसद् पुनर्स्थापना सम्बन्धी मुद्दामा आज सुनुवाइ हुनसक्ने अपेक्षा गरिएको थियो ।

advertisement

तर सर्वोच्च अदालतको मुद्दा शाखाले पेशी सूचीमा नचढाई पुनः माघ २८ गतेलाई साधारण तारेख तोकेको हो ।

अदालतको यो निर्णयसँगै संसद् पुनर्स्थापना सम्बन्धी मुद्दाको सुनुवाइ अझै केही समयका लागि अलमलमा परेको देखिएको छ ।

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com