मोरङ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उर्लाबारी पुगेका छन्। उर्लाबारीमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा उनले स्थानीयवासी, युवाहरू र नागरिक अगुवासँग समसामयिक राजनीति, सुशासन र स्थानीय विकासका विषयमा विचार आदान–प्रदान गरेका छन्।

भेटघाटका क्रममा शाहले विकासको आधार पारदर्शिता र जवाफदेहिता भएको उल्लेख गर्दै राज्य संयन्त्रमा देखिएको बेथिति र अनावश्यक खर्च नियन्त्रणका लागि नागरिक स्वयं सचेत र सक्रिय हुनुपर्ने बताए। उनले स्थानीय तह सशक्त बने मात्र संघीय संरचनाको औचित्य पुष्टि हुने धारणा राखे।

advertisement

स्थानीय युवाहरूले रोजगारीको अभाव, शहरी व्यवस्थापन, फोहोर व्यवस्थापन र आधारभूत पूर्वाधारसम्बन्धी समस्या उठाएका थिए। त्यसको जवाफमा शाहले नीति निर्माण प्रक्रियामा नागरिक सहभागिता बढेमा समाधान सम्भव हुने बताउँदै परिवर्तन माथिबाट मात्र होइन, तलबाट सुरु हुनुपर्ने स्पष्ट पारे।

बालेन शाहको उर्लाबारी आगमनलाई स्थानीय स्तरमा चासोका साथ हेरिएको छ। उनका समर्थकहरूले उनको स्पष्ट अभिव्यक्ति र कार्यशैलीले परम्परागत राजनीतिमा नयाँ बहस सिर्जना गरेको प्रतिक्रिया दिएका छन्।

उर्लाबारी बसाइँका क्रममा शाहले स्थानीय अवस्था अवलोकन गर्ने र विभिन्न समूहसँग थप अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com