काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा प्रविधिको दुरुपयोग हुनसक्ने विषयमा आयोग पूर्ण रूपमा सचेत रहेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित निर्वाचनको नैतिकता कायम राख्न टिकटक र निर्वाचन आयोगबीचको सहकार्य सम्बन्धी कार्यक्रममा बोल्दै भण्डारीले प्रविधिको दुरुपयोगले निर्वाचन बिथोलिन सक्ने भएकाले आयोगले त्यसको सम्भावित जोखिम पहिचान गरिसकेको जानकारी दिए।

advertisement

उनले प्रविधिको दुरुपयोगबाट निर्वाचनमा गम्भीर हस्तक्षेप हुनसक्ने, स्वच्छ निर्वाचन वातावरणलाई धमिल्याउने र चुनावी प्रक्रियालाई अस्थिर बनाउने प्रयास हुन सक्ने भन्दै आयोग सतर्क रहेको बताए।

“विश्वको नजर नेपालको निर्वाचनमा छ,उनले भने, यस्तो अवस्थामा निर्वाचनलाई सघाउन टिकटकले गरेको सहकार्य सराहनीय छ।

निर्वाचन आयोगका अनुसार निर्वाचन नैतिकता प्रवर्द्धनका लागि टिकटकसँगको सहकार्यले भ्रामक सूचनाबारे सचेतना बढाउन र निर्वाचन प्रक्रियामा नागरिकको सचेत सहभागितालाई टेवा पुर्‍याउने विश्वास लिइएको छ।

यसैगरी टिकटकका प्रतिनिधिहरूले निर्वाचनको निष्पक्षता सुदृढीकरण गर्न तथा सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित वातावरण निर्माण गर्ने लक्ष्यसहित सहकार्य अघि बढाइएको बताएका छन्।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com