काठमाडौं । नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीभित्र गुटको राजनीति अन्त्य भएको दाबी गरेका छन्।

बुधबार नवलपरासी पश्चिमको बर्दघाट–७ मा आयोजित कांग्रेस कार्यकर्ता छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै चौधरीले विगतमा पार्टीभित्र रहेका गुटगत प्रवृत्तिका कारण तेस्रो पक्षले फाइदा लिएको बताए। नयाँ नेतृत्व आएसँगै ती प्रवृत्तिहरू समाप्त भएको उनको भनाइ थियो।

advertisement

उनले कांग्रेस अहिले स्पष्ट विकास एजेन्डासहित अघि बढिरहेको उल्लेख गर्दै स्थायी सरकार निर्माण, आर्थिक रूपान्तरण र रोजगारी सिर्जनालाई पार्टीको प्रमुख प्राथमिकतामा राखिएको बताए।

कार्यक्रममा चौधरीले आफ्नो पाँच वर्षे सांसद कार्यकालमध्ये ३० महिना मात्र काम गर्न पाएको उल्लेख गर्दै बाँकी अधुरा काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनी नवलपरासी–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्।

आफ्नो निर्वाचन क्षेत्रमा नागरिकता सबैभन्दा ठूलो समस्या रहेको बताउँदै उनले पछिल्लो २० महिनामा त्यसको समाधान गरिएको दाबी गरे। भूमि सम्बन्धी कामहरू पनि अगाडि बढिरहेको उल्लेख गर्दै विकास निर्माणलाई तीव्रता दिन सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताए।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com