काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्लेले आफूविरुद्ध सामाजिक सञ्जालमा फैलाइएको भ्रम र झुटा समाचारको सम्बन्धमा साइबर ब्युरोमा उजुरी दिएका छन्।

वाग्लेले उजुरीमा झुटो विवरण तयार गरेर सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिष्ठामा आँच पुर्‍याउने प्रयास भइरहेको र त्यसमा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही गर्न माग गरेका छन्।

advertisement

साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले उपसभापति वाग्लेबाट उजुरी आएको पुष्टि गरे। वाग्लेले उजुरीमा उल्लेख गरेका छन्, सामाजिक सञ्जालमा झुटा र भ्रामक समाचार सिर्जना गरी मानमर्दन र सामाजिक सौहार्दता खलब्ल्याउने व्यक्तिहरू पत्ता लगाई हदैसम्मको कारबाही गरियोस्।

उजुरीमा भनिएको छ कि धर्म र व्यक्तिगत अवस्थाबारे भ्रम सिर्जना गर्ने सामग्री सामाजिक सञ्जालमा प्रशारण भएको पाइएको छ। वाग्लेले अफवाह फैलाउने व्यक्ति र समूहलाई पत्ता लगाएर अनुसन्धान गरी कारबाही गर्न पनि माग गरेका छन्।

उजुरीमा उल्लेख छ कि, आफूलाई बागमती प्रदेशकी सांसद भनेर चिनाउने लक्ष्मी घिमिरे र मोहन लामा रूम्बाले प्रेषित गरेका सामग्रीहरूले मेरो प्रतिष्ठामा आँच पुर्‍याउने खराब नियत राखेको पाएको छु।

प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com