काठमाडौ ।  बेलकोटगढी नगरपालिका–९ सिउरेनीमा एक व्यक्तिको हत्या गरी शव खाडलमा लुकाइएको अवस्थामा फेला परेको छ। स्थानीय ४४ वर्षीय शन्तबहादुर तामाङको शव बिहीबार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए।

घटनामा संलग्न रहेको आरोपमा स्थानीय दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। यद्यपि, पक्राउ परेकाहरूको पहिचान हाल सार्वजनिक गरिएको छैन।

advertisement

प्रारम्भिक अनुसन्धानअनुसार बुधबार राति तीनै जना सँगै बसेर मादक पदार्थ सेवन गर्ने क्रममा विवाद हुँदा तामाङको हत्या भएको देखिएको प्रहरीले जनाएको छ।

मृतक तामाङले लगाएको कपडा घर नजिकैको खोलामा रगतले लथपथ अवस्थामा फेला परेको छ। शव परीक्षणका लागि त्रिशूली अस्पताल पठाइएको छ।

पक्राउ परेका दुवै जनालाई प्रहरीचौकी बाघखोरबाट जिल्ला प्रहरी कार्यालय नुवाकोट ल्याइएको छ। उनीहरूलाई शुक्रबार नुवाकोट जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइने प्रहरी नायब उपरीक्षक लामाले बताए।

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com