काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर रकम असुली ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय रुपेश लामिछाने र हिरा तामाङ रहेका छन्।

advertisement

रुपेश लामिछाने काभ्रेको पाँचखाल नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३२ मा बसोबास गर्दै आएका छन्। त्यसैगरी हिरा तामाङ धादिङको खनेबास स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–६ मा बसोबास गर्दै आएका छन्।

प्रहरीका अनुसार रुपेशले अष्ट्रेलिया पठाइदिने भन्दै एक जनाबाट ९ लाख रुपैयाँ ठगी गरेको पाइएको छ। त्यस्तै, हिराले स्लोभाकिया पठाइदिने भन्दै एक जनाबाट ८ लाख ५० हजार रुपैयाँ असुल गरी विदेश नपठाई ठगी गरेको खुल्न आएको छ।

उनीहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलब पाउने प्रलोभन देखाई विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी अन्ततः सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए। सोही उजुरीका आधारमा अनुसन्धान गरी काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com