काठमाडौं । निर्वाचन आयोगले बन्द गर्न निर्देशन दिएको ‘नो नट अगेन’ अभियान फेसबुक र ट्वीटरको ट्रेन्डिङमा देखिएको छ ।

पुराना नेताहरूलाई आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबाट पराजित गराउने उद्देश्य सहित सामाजिक सञ्जालमा सुरु भएको यो अभियान झनै लोकप्रिय बनेको हो ।

आयोगले निर्वाचन आचारसंहिता उलङ्घन गरेको भन्दै उक्त नाम गरेका पेज तथा ग्रुप बन्द गराउन मङ्गलबार निर्देशन दिएको थियो । उक्त निर्देशन पछि यो सामाजिक सञ्जालमा थप चर्चाको विषय बनेको छ ।

आयोगको निर्देशनको विरोध गर्दै विभिन्न व्यक्तिहरूले अहिले ‘नो नट अगेन’को समर्थन गरिरहेका छन् । विशेषगरी ट्वीटर र फेसबुकमा यसबारे बढी चर्चा भएपछि फेसबुकको पपुलर नाउ र ट्वीटरको ट्रेन्डिङमा ‘नो नट अगेन’ परेको हो ।

प्रकाशित मिति: ११ कार्तिक २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com