काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले अहिलेसम्म कसैसँग पनि चुनावी गठबन्धन नगरेको स्पष्ट पारेका छन्।
पार्टीको निर्वाचन परामर्श कार्यक्रममा सञ्चारकर्मीहरूले झापा–५ मा गठबन्धन हुने खबरबारे सोध्दा उनले जवाफमा भने, “अहिलेसम्म कसैसँग गठबन्धन भएको छैन। बाहिर गलत समाचार आएका छन्।”
पूर्वमा नेकपा एमालेसँग चुनावी गठबन्धनको गृहकार्य भइरहेको चर्चा चलेको भए पनि प्रचण्डले यो चुनावमा कुनै पार्टीसँग नजिक नहुने बताउँदै आएका छन्।
झापा–५ मा नेकपाले रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ। यसै क्षेत्रबाट एमालेका अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी प्रतिस्पर्धामा छन्।
प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार













प्रतिक्रिया