काठमाडौं । शुक्रबार मध्यान्ह निर्वाचन आयोगका पदाधिकारीहरु कान्तिपथस्थित कार्यालयमा छलफलमा बसेका थिए । उनीहरुको छलफलको विषय थियो, सामाजिक सञ्जालमा चर्चामा रहेको ‘नो नट अगेन’ अभियान ।

दुई दिनअघि आयोगले नो नट अगेन अभियान नामक पेज र ग्रुप बन्द गर्न निर्देशन दिएपछि सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा यो विषय निकै चर्चा भएको छ । र आयोगले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाएको भन्दै विरोध भइरहेको छ ।

आयोगका विज्ञहरुको एउटा समूह र सुरक्षा संयन्त्रले भने नो नट अगेन अभियानमा संलग्नहरुको पहिचान गर्न खोजिरहेको छ ।

आयोग स्रोतका अनुसार, नो नट अगेनका विषयमा राजनीतिक दलका नेताहरुले धेरै चासो दिएका छन् । कतिपय नेताहरुले यो अभियानमा आफ्ना प्रतिस्पर्धी उम्मेदवार र आफ्नै पार्टीका विपरीत खेमाका नेताहरु सक्रिय रहेको आशंका गरिरहेका छन् ।

 

प्रकाशित मिति: १२ कार्तिक २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com